अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या ९, एकसय २५ संक्रमित

अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या नौ पुगेको छ भने संक्रमितको संंख्या एकसय २५ पुगेको छ। अमेरिकाका १३ राज्यमा संक्रमण देखिए पनि पश्चिम तटीय राज्य वासिङ्टन र क्यालिफोर्नियामा यसको ठूलो असर देखिएको छ। 

मंगलबार जारी प्रतिवेदनअनुसार एकसय २५ मध्ये ४५ जना जापान र तीनजना चीनमा संक्रमित भएका हुन् भने ७७ जना अमेरिकी भूमीमै संक्रिमत भएका हुन् । प्रतिवेदनमा मर्ने सबै वासि्टन राज्यका बासिन्दा भएको बताइएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी २७ जना वासिङ्टन र २६ जना क्यालिफोर्नियाका रहेको जनाइएको छ । यसैगरी एलिनोयमा ४, फ्लोरिडा,ओरेगनमा तीन तीन, रोड आयल्याण्डमा, एरिजोना, मासाचुसेट्स, न्युयोर्कमा दुई दुई र नर्थ क्यारोफाइना र  विस्कन्सिनमा एक-एकजना रहेको बताइएको छ ।

अहिलेसम्म विश्वका ७० देशका तीनहजार दुईसयभन्दा बढी मानिसको कोरोना भाइरसबाट मृत्यु भैसकेको छ भने संक्रमितको संख्या ९२ हजार नाघेको बताइएको छ।

 

प्रकाशित मिति: : 2020-03-05 00:09:37

प्रतिकृया दिनुहोस्