जहाँ जन्तीले ढाल, तरवार नाँचेर जन्ती जानुपर्छ !

राजन रावत 

विवाह गर्ने परम्परा आफ्नो ठाँउ र चलन अनुसार फरक हुन्छ। शहरमा विवाहका जन्तीहरु सुट प्वाईन्ट र दौरा सुरुवालमा ठाँठिएर जाने गरिन्छ। तर बिहाली जिल्ला हुम्लामा जन्तीहरु आफ्नै परम्परगात उनीको शरिरमा बख्खु लगाएर टाउकोमा पगरी बाँधेर हातमा ढाल तरवार समातेर नाँच्दै बेहुलीका घरमा जानुपर्छ।त्यो पनि बेहुलाको घरबाट बेहुलीको घरसम्म।

प्रत्येक घरबाट छोरा मान्छे भएपति जन्ती जाने चलन छ। जिल्ला सदरमुकाम सिमकोटमा लगायतका क्षेत्रमा प्रत्‍येक वर्ष विवाह गर्दा बेहुली लिनका लागि जन्तीहरु ढाल तरवार नाँचेर जाने परम्परा रहेको छ।

प्रकाशित मिति: : 2020-03-05 09:52:08

प्रतिकृया दिनुहोस्