सरकारले मास्कको उत्पादन बढाउने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले मास्कको उत्पादन बढाउने भएको छ। विश्वव्यापी संक्रमणका रूपमा फैलिरहेको कोरोना भाइरसका कारण बजारमा मास्क अभाव भएको भन्दै मास्कको उत्पादन बढाउन लागेको हो। 

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रको सहयोगमा मास्कको आपूर्ति र उत्पादन बढाउने बताएका हुन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा बोल्दै डा.खतिवडाले भने ‘मास्कको आपूर्ति र उत्पादन बढाउन निजी क्षेत्र र सरकारको सहकार्य  सुरू भएको छ। छिट्टै हामी थप मास्क उत्पादन गर्ने गरी अघि बढ्छौं।’

यस्तै सरकारले औषधि निर्यात फुकुवा गर्न भारतलाई आग्रह गर्ने भएको छ।

भारतले कोरोनाको संक्रमण देखिन थालेपछि बुधबार १३ प्रकारको औषधि निर्यात प्रतिबन्ध गरेको थियो।

कोरोना रोग रोकथाम तथा नियन्त्रण गर्ने विषयमा उच्चस्तरीय समन्वय समितिले नेपालको हकमा निर्यात खुलाउन भारतलाई आग्रह गर्ने निर्णय भएको हो।

प्रकाशित मिति: : 2020-03-06 05:39:07

प्रतिकृया दिनुहोस्