खड्गो टरेपनि जोखिममुक्त किन छैनन् प्रधानमन्त्री?

देशसञ्चार

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सकिएको खवर सार्वजनिक हुनासाथ उत्साह छायो सबैतिर। उनको प्रत्यारोपणमा संलग्न चिकित्सक अस्पतालको ‘अपरेशन थिएटर’बाट बाहिरिएर मुस्कुराए, हात हल्लाए।

तर सामाजिक सञ्जालदेखि अस्पताल परिसरमा भेला भएका शुभचिन्तकको बधाईको ओइरो लाग्दै गर्दा ती चिकित्सकले निचोडमा भने, ‘हामी उत्साहित हुन अझै कम्तीमा पाँच दिन धैर्य गर्नुपर्छ।’

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार प्रधानमन्त्री ओलीको जोखिमयुक्त मिर्गौला प्रत्यारोपणको खड्गो टरेपनि पनि उनी खतरामुक्त भइनसकेको र उनले अत्यन्तै सावधानी अपनाउनु पर्ने चिकित्सक बताउँछन्।

यसअघि प्रधानमन्त्री ओलीमा देखिएका अनेक संक्रमणका असर, निको भइनसकेका केही रोग, हालै गरिएको ‘एपेण्डिसाइटिस’को शल्यक्रिया र उमेर मिर्गौला प्रत्यारोपणको सफलताका लागि सबैभन्दा धेरै जोखिम मानिएको छ

ओलीको मिर्गाैला प्रत्यारोपणमा संलग्न प्रोफेसर डा. पवनराज चालिसे भन्छन्, ‘आजका लागि ठूलो खड्गाे पार भएको छ। नयाँ मिर्गौलाले काम गर्न थालेको छ।’

प्रकाशित मिति: : 2020-03-06 06:03:18

प्रतिकृया दिनुहोस्