सलमानको अपील–कोरोनाबाट जोगिन नमस्ते गरौं

बलिउड स्टार सलमान खानले कोरोना भाइरसबाट जोगिन आफ्नो परम्परागत अविभादनलाई प्रयोग गर्न अपील गरेका छन्। 

सलमानले बिहीबार सोशल मिडियामा जीमको दौरान नमस्कार गरेको एउटा फोटो अपलोड गर्दै भनेका छन्, ‘हाम्रो सभ्यता नमस्कार र सलाम हो। कोरोना भाइरस समाप्त भएपछि हात मिलाउ, अंकमाल गर।’

सलमान अगाडि अनुपम खेरले पनि ‘नमस्ते’ परम्परा संक्रमणबाट जोगिने अचुक निशाना भएको बताएका थिए। भारतमा कोरोना भाइरसको २९ वटा घटना पुष्टी भइसकेको छ। जसमा चीनको उहान शहरबाट फर्किएका केरलाका तीन जनामा सकारात्मक पाइएको थियो। दिल्लीमा पनि इटालीबाट फर्किएका एक भारतीयमा कोरोना भाइरसको लक्षण देखिएको थियो।

आगरामा पनि ६ जनामा सकारात्मक पाइएको थियो। 
 

प्रकाशित मिति: : 2020-03-06 11:32:01

प्रतिकृया दिनुहोस्