सिंगापुरविरुद्ध सानत्वना जितकाे खाेजिमा नेपाल

बिएल संवाददाता

काठमाडाै‌ं

एसीसी इस्टर्न रिजन पुरुष टी २० कप क्रिकेटको अन्तिम खेलमा नेपालले शुक्रबार सिंगापुरको सामना गर्दैछ।

बैंककको टेर्डथाई क्रिकेट मैदानमा हुने नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार बिहान ८ः१५ बजे सुरु हुनेछ।

एसिया कप छनोटमा पुग्ने लक्ष्य सहित थाइल्याण्ड पुगेको नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ। नेपालको लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ। लयमा रहेको सिंगापुरलाई हराउनु नेपाललाई ठुलो चुनौती रहेको छ।

सिंगापुर शीर्ष दुई पक्का गर्दै एसिया कप छनोटमा पुगेको छ। तर, अन्तिम खेलमा नेपाललाई हराएर सिंगापुर अपराजित रहन्छ चाहन्छ।

३ खेलमा ३ जितका साथ सिंगापुर तालिकाको शीर्ष स्थानमा रहेको छ। यस्तै नेपाल भने ३ खेलमा १ जित निकाल्दा २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ।

यसअघि सिंगापुरले मलेसिया, हङकङ र थाइल्याण्डलाई पराजित गरेको थियो। नेपाल भने थाइल्याण्डमाथि जित निकाल्दा मलेसिया र हङकङसँग पराजित भएको थियो।

प्रकाशित मिति: : 2020-03-06 19:50:58

प्रतिकृया दिनुहोस्