घट्दो बजारमा पनि उच्च मूल्यका सेयर, साना लगानीकर्तालाई ‘आकाशको फल’

घट्दो बजारमा पनि उच्च मूल्य भएका कम्पनीको सेयर साना लगानीकर्ताका लागि ‘आकाशको फल आँखा तरी मर’ भनेझैं भएको छ।

थोरै कित्ता सेयर किन्दा पनि अत्याधिक मूल्य तिर्नुपर्ने भएकाले साना लगानीकर्ताले ती कम्पनीको सेयर किन्ने आँट गर्न सकेका छैनन्।

सामान्यतया बजारमा न्यूनतम १० कित्ता सेयर खरिद गर्न पाइन्छ। उच्च मूल्य भएका कम्पनीको १० कित्ता सेयर खरिदका लागि पनि सवा दुई लाख तिर्नुपर्ने हुन्छ। ‘साना लगानीकर्ताका लागि सवा दुई लाख रुपैयाँ जम्मा गरेर १० कित्ता सेयर खरिद गर्नु ज्यादै सहज हो,’ सेयर लगानीकर्ता धर्मराज थापाले बताए।

अहिले पनि करिब आधा दर्जन कम्पनीको प्रति सेयर मूल्य २ हजारभन्दा माथि छ। अहिले सबैभन्दा उच्च सेयर मूल्य भएको कम्पनी युनिलिभर नेपाल हो। उक्त कम्पनीको एक कित्ता सेयर खरिद गर्न २१ हजार २ सय ९२ रुपैयाँ पर्छ। युनिलिभरको १० कित्ता सेयर किन्न करिब २ लाख २० हजार रुपैयाँ चाहिन्छ।

प्रकाशित मिति: : 2020-03-06 21:48:47

प्रतिकृया दिनुहोस्