समाजवादी पार्टीका सांसद प्रदीप यादवले अन्यथा संसद अविलम्ब बन्द गर्नुपर्ने प्रस्ताव राखेका छन्। सांसद र मन्त्रीहरुलाई कोरोनाको संक्रमण भएको नभएको परिक्षण गरेर मात्रै संसद छिर्ने व्यवस्था नगरिए संसद बन्द गर्नुपर्ने उनले माग राखेका हुन्।
‘२७५ जना सांसद एकै ठाउँमा जम्मा हुन्छौं तर, स्वास्थ्य मन्त्रालय र नेपाल सरकारले संसद भित्र प्रवेश गर्दा कुनै किसिमको परीक्षण डेस्क राखेको छैन।’ शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा उनले भने, ‘तर, संसद भवन भित्र प्रवेश गर्दा टेष्ट नगरीकन सिधै प्रवेश गर्छौं। मानौं कुनै सांसदलाई संक्रमण भयो भने हाम्रो संसदको हाल के होला? त्यसैले कि त पूर्ण तयारी गरेर संसद चलाऔं नत्र यो संसद अविलम्ब बन्द गरौं ।’
शून्य समयमा बोल्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले तत्काल स्कुल कलेज बन्द गर्न माग राखेकी छन् । जिल्ला प्रशासनले भिडभाडमा नजानू, घरबाट बाहिर ननिस्कनू भनेर सर्कुलर गरेको प्रसंग उल्लेख गर्दै उनले स्कुल कजेलहरुलाई तत्कालै बन्द गर्न माग गरेकी हुन् ।