युक्रेनका राष्ट्रपतिले भ्रष्टाचारको आरोपमा पुरै मन्त्रिमण्डल विघटन गरेँ

एजेन्सी

मस्काे

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले खराब प्रदर्शन र भ्रष्टाचारको आरोपमा पुरै मन्त्रिमण्डल बर्खास्त गरेका छन्।

साथै उनले आफ्ना मन्त्री विदेशी कम्पनीको बोर्डमा नियुक्त भएको विषयलाई गम्भीरताका साथ लिएका छन्। 

यसमा स्वास्थ्य मन्त्री जोरयाना स्कालेत्सका पनि सहभागी छिन्, जसलाई चीनबाट फर्किएपछि कोरोना भाइरसको आशंकामा ‘आइसोलेशन’ मा राख्नु परेको थियो। जेलेन्स्कीले संसदलाई सम्बोधन गर्ने क्रममा आफूले केही उपाय नलागेपछि मन्त्रिमण्डल बर्खास्त गर्नु परेको बताए। ‘सबै पश्चिमा राष्ट्रको नोकर बन्दै गइरहेका थिए। यी देशले वित्तिय सहयोगको नाममा कम्पनीमा घुसपैठ बनाएका थिए,’ उनले भने। 

उनले सम्बोधनमा अन्तर्राष्ट्रिय सहयोगप्रति आफ्नो सम्मान रहेको बताउँदै विदेशी कम्पनीलाई धन्यवाद दिएपनि आफ्नै देशका नागरिकले अल्पसंख्यक महसुस गर्नुपरेको बताए। 

उनले भ्रष्टाचार रोक्न अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोग रहेको बैकलाई पनि राष्ट्रियकरण गरेका छन्। यो बैक उनको साथी ईहोर कोलोमोइस्कीको थियो। उनी युक्रेनको मिडिया र बैकिङ क्षेत्रका टाइकून हुन्। 
 

प्रकाशित मिति: : 2020-03-07 07:30:29

प्रतिकृया दिनुहोस्