श्रीलंकाविरुद्ध वेष्ट इण्डिजलाई सिरिज

श्रीलंकाविरुद्धको दोस्रो टी २० खेलमा वेस्ट इन्डिजले सात विकेटको जित निकालेको छ।

जितसँगै वेस्ट इन्डिजले दुई खेलको सिरिज क्लिन स्वीप गरेको छ। एक दिवसीय सिरिज जितेको वेस्ट इन्डिजले टी २० सिरिजपनि आफ्नो पोल्टामा पार्न सफल भयो।

पालेकेलेमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो। उसका लागि दासन शनकाले सर्वाधिक ३१ रन बनाए। यस्तै एञ्जेलो म्याथ्युजले २३ तथा थिसारा परेराले २१ रन बनाए।

जवाफमा वेस्ट इन्डिजले १७ ओभरमा तीन विकेट गुमाउँदै एक सय ५८ रन बनायो। उसको जितमा शिमरोन हेतमायर र ब्रान्डोन किङले समान ४३–४३ रन बनाए। आन्द्रे रसेलले अविजित ४० रन जोडे। यस्तै रोभमन पावेलले १७ रन बनाए।

यसअघि पहिलो टी २० खेलमा वेस्ट इन्डिज २५ रनले विजयी भएको थियो।

प्रकाशित मिति: : 2020-03-07 22:05:26

प्रतिकृया दिनुहोस्