श्रमिक महिला दिवसका नौ महिला

आज ८ मार्च। नेपालसहित विश्वभर आइतबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईँदै छ। ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम हुँदै छन्। 

राजनीतिक तबरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन्।

महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुले दिवसका अवसरमा सेमिनार तथा छलफल कार्यक्रम पनि गर्दै छन्।

दिवसका अवसरमा राष्ट्रपति तथा उपराष्ट्रपतिले शुभकामना दिएका छन्। उनीहरुले मुलुकको आर्थिक समृद्धि र महिलाको हकअधिकारका लागि संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिएका छन्।

यसरी सुरु भयाे महिला दिवस

यो दिवस सर्वप्रथम् १९०९ फेब्रुअरी२८ मा मनाइएको थियो। १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो। सन् २०२० मा आइपुग्दा बिश्वभर ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईंदैछ।

संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्र्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ का दिन महिला दिवस मनायो।

यसपछि यो फेब्रुवरीको अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकार कतिपय देशहरुमा थिएन।

१९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो। अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालियो।

महिलाका सफलता र समानताको पुस्तातर्फ उन्मुख भई प्रस्तुति दिने श‌ृङ्खला बिएल नेपाली सेवामा यसरी प्रस्तुत गरेको छ।

बाँकी ३६४ दिन असमानता हटाउने गरी काम गर्नुपर्छ: वाेनिता शर्मा (भिडियाे)

प्रत्येकका लागि समान

११ वर्षकाे उमेरदेखि लुटिँदै आएकी याैनकर्मी भन्छिन्–परिवारका लागि घर बनाउने इच्छा छ (भिडियाे)

पर्यावरणदेखि लोपोन्मुख संस्कृति जोगाउँदै थारु महिला (भिडियाे)

महिलाले महिलालाई प्रयाेग गरेर गरिने शाेषण बन्द हुनुपर्छ: सीता ओझा

अनि मात्र हामी दृष्टिविहीन महिलाका लागि नारी दिवस सार्थक हुन्छः लामिछाने (भिडियो)

सुदूर पश्चिममा छाउप्रथा, छोरी शिक्षित बनाऊँ, छाउँगोठ आफैं भत्किन्छन्

धैर्य गर्न सक्नुपर्दोरहेछ नानी, समय पर्लक्कै फर्कंदोरहेछ!

प्रकाशित मिति: : 2020-03-09 12:29:00

प्रतिकृया दिनुहोस्