इरानमा रहेका कोरोना संक्रमित भारतीयहरुलाई लिन विमान जाँदै

भारतले इरानमा रहेका कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमित नागरिकहरुलाई लिन विमान पठाउने भएकाे छ। शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अधिकारीहरुसँग छलफलपछि संक्रमितहरुलाई लिन विमान पठाउने निर्णय गरेकाे हाे।

समाचार संस्था पिटीआईका अनुसार  परीक्षणको नमूनाहरु ‘नेशनल इन्स्टिच्यूट अफ भिरोलोजी, पुने’ मा लगिने भएको छ। परीक्षणमा संक्रमण नभएका यात्रुहरुलाई भारत ल्याइने छ।

यता भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३४ पुगेको छ।

प्रधानमन्त्री मोदीले अधिकारीहरुसँग छलफलपछि संक्रमित संख्या ३४ पुगेको जानकारी दिएका हुन्। उनले बैठकमा संक्रमितको संख्या र संक्रमण फैलन नदिन आवश्यक क्वारेन्टाइन व्यवस्थापनको काम गर्न निर्देशन दिएका छन्।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पनि भारतमा अहिलेसम्म ३४ जनामा कोरोना भाइरस संक्रमित भएको जानकारी दिएको छ। 

कोरोनाले विश्वभरमा अहिलेसम्म ३४ सय मानिसको ज्यान गइसकेको छ भने १ लाख मानिस संक्रमित भएका छन्। अहिलेसम्म कोरोनाको संक्रमण ९० भन्दा धेरै देशमा पुगिसकेको छ।
 

प्रकाशित मिति: : 2020-03-08 20:42:33

प्रतिकृया दिनुहोस्