इंग्ल्यान्डका पूर्वबलिङ प्रशिक्षक मुस्ताक नेपाल आउँदै

बिएल संवाददाता

काठमाडाै‌ं

पाकिस्तानका पूर्वक्रिकेटर सक्लान मुस्ताक नेपाल आउने भएका छन्। इंग्ल्यान्डको बलिङ प्रशिक्षक भएर काम गरेका सक्लान वाइवाइ ग्रेड हिमालयन क्रिकेट एकेडेमीको निमन्त्रणामा नेपाल आउन लागेका हुन्।

उनी आगामी १४ देखि २१ अप्रिलसम्म नेपालमा रहनेछन्। त्यक्रममा उनीसँग क्रिकेट सिक्ने व्यवस्था मिलाउने एकेडेमीले जनाएको छ।

पाकिस्तानका लागि टेस्ट तथा एकदिवसीय क्रिकेट खेलेका खेलाडी मुस्ताक गत वर्ष इंग्लयाण्डले विश्वकप जित्दा बलिङ कोच थिए। उनले न्यूजिल्याण्ड, वेस्टइण्डिज, अस्ट्रेलिया, पाकिस्तान र बंगलादेश लगायतको क्रिकेट टिमसँग काम गरिसकेका छन्।

बलिङमा ‘दुस्रा’ को शुरुवात उनै सक्लानले गरेका थिए। हफ ब्रेक एक्सनमा लेग ब्रेक बलिङ फाल्नुलाई दुस्रा भनिन्छ।

पाकिस्तानका लागि मुस्ताकले १९९५ देखि २००५ सम्म खेलेका थिए। त्यसक्रमा उनले ४९ टेस्ट र १६९ एकदिवसीय एकदिवसीय खेल खेले। उनले टेस्टमा २०८ र एकदिवसीयमा २८८ विकेट लिएका थिए।

सक्लान काठमाडौंमा रहँदा ‘मास्टर क्लास विथ सक्लान मुस्ताक’ सञ्चालन हुने र त्यसमा भाग लिन इच्छुक बलर, ब्याट्सम्यान आफ्नो नाम दर्ता गर्न सिकने जीएचसीएले आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-03-09 01:30:16

प्रतिकृया दिनुहोस्