लालिगामा रियल बेटिजसँग रियल मड्रिड स्तब्ध: बार्सालाई फाइदा

स्पेनिस लालिगामा रियल मड्रिडले रियल बेटिजलाई २-१को नतिजा सुम्पदै महत्वपूर्ण ३ अंक गुमाएको छ। यो हारसँगै उसले लिगको शीर्षस्थान पनि साविक विजेता बार्सिलोनालाई सुम्पेको छ। समान २७ खेलपछि बार्साको ५८ अंक छ भने रियल मड्रिडको ५६ अंक छ।

भर्खरै सकिएको खेलमा रियल बटिजका सिड्नीले ४०औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर, मध्यान्तरअघिको अतिरिक्त समयमा बेटिज सम्हालिन नसक्दा गल्ती गर्न पुग्यो । त्यही गल्ती पेनाल्टीमा बदलिदा रियल मड्रिडका करिम बेन्जिामाले बराबर गोल गरे। 

यसरी मध्यान्तरपूर्व १-१को बराबरी खेलेका रियल मड्रिड र रियल बेटिजमध्ये रियल बेटिजका क्रिश्चियन टेलोले ८०औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए । बाँकि समयमा रियल मड्रिड गोल गर्न असफल भएपछि टेलोको त्यही गोल निर्णायक भयो । 

रियल बेटिजले स्तव्ध बनाएको रियलका लागि दोहोरो झड्का लाग्यो । यसबाट उसको हार मात्र भएन उपाधि होडमा रहेको साविक विजेता बार्सिलोनालाई फाइदा पनि पुग्यो।  

यो हारपछि पनि रियल मड्रिड उपाधि दौडबाट बाहिर भैसकेको छैन। समान २७ खेलबाट बार्साले ५८ अंक जोडेको छ भने रियल मड्रिड ५६ अंकका साथ उसलाई पछ्याइरहेको छ।

प्रकाशित मिति: : 2020-03-09 16:59:22

प्रतिकृया दिनुहोस्