कामै नगरी १० लाख भुक्तानी

टेकबहादुर शाही

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाको उपभोक्ता समितिले नक्कली कागजपत्र बनाएर १० लाख रकम भुक्तानी लिएको पाइएको छ । अनुगमन प्रतिवेदन नै नक्कली बनाएर समितिले रकम लिएको हो ।

त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगरहुँदै फोक्सुण्डो प्रवेशद्धार सुलिगाड जाने पदमार्ग निर्माणका लागि नेपाल पर्यटन बोर्डले १० लाख रूपैयाँ उपलब्ध गराएको थियो । आर्थिक वर्ष ०७५-०७६ को पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पदमार्ग निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिइएको थियो । समितिको मिलोमतोमा सव ओभरसियर जंगबहादुर थापाले तयार गरेको प्रतिवेदनको आधारमा नगरपालिकाले रकम भुक्तानी दिएको हो ।

प्रकाशित मिति: : 2020-03-10 01:31:23

प्रतिकृया दिनुहोस्