आइतवार साँझ आएको हावाहुरीले नेपालको पूर्वी तराईका दुई जिल्लामा धनजनको ठूलो क्षति भयो।
सोमवार बिहान बारामा २९जनाको र पर्सामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ।
गृहमन्त्रालयको आपत्कालीन कार्य सञ्चालक केन्द्रका अनुसार छ सयभन्दा बढी व्यक्तिहरू घाइते भए। मृतकको सङ्ख्या बढ्ने सक्ने बताइएको छ।