निर्भया बलात्कार प्रकरण: फाँसीको सजायलाई जन्मकैदमा बदल्न विनयले गरे माग

बिएल संवाददाता

नयाँदिल्ली

निर्भया सामूहिक बलात्कार घटनाका चार दोषी मध्येका एक विनय शर्माले आफ्नो फाँसीको सजायलाई जन्मकैदमा बदल्न माग गरेका छन्। विनयका वकिल एपी सिंहले दिल्लीका उपराज्यपाल अनिल बैजल समक्ष अर्जी दाखिल गरेका छन्।

यसभन्दा अघि दोषी पवन गुप्ताले पनि सर्वोच्च अदालतमा क्यूरेटिव याचिका दाखिल गरेर फाँसीको सजायलाई जन्मकैदमा बदल्न माग गरेका थिए। तर उक्त याचिकालाई खारेज गरिएको थियो।

यी चारै जना दोषीले अलग–अलग तारिखमा आफ्नो दया याचिका दायर गरेका थिए, जसकारण उनीहरुको फाँसीको मिति पटक पटक सारिएको छ।

अब उनीहरु चारैजनालाई मार्च २० मा फाँसी दिइने तय छ।

प्रकाशित मिति: : 2020-03-11 00:40:00

प्रतिकृया दिनुहोस्