महासचिव ज्योतिरादित्य सिंधियाले छाडे कांग्रेस

बिएल संवाददाता

नयाँदिल्ली

भारतीय राष्ट्रिय कांग्रेसका महासचिव ज्योतिरादित्य सिंधियाले राजीनामा दिएका छन्। सोमबार  सिंधियाले अध्यक्ष सोनिया गान्धीलाई राजीनामा पठाएका हुन्।

लामो समयदेखि पार्टीप्रति असन्तुष्ट  रहेका सिंधियाले राजीनामा पत्रमा उनले लेखेका छन्, ‘कांग्रेसको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु, राजीनामा दिने कुरा एक वर्षअघिदेखि नै सुरु भएको थियो।’

उनले मंगलबार राजीनामाकाेबारे बोल्दै आफ्नो जीवनको मुख्य उदेश्य भनेको राज्य र देशका जनताको सेवा गर्नु रहेको बताए। सिंधियाले भनेका छन्, ‘मलाई लागि रहेको छ, कांग्रेस पार्टीमा रहेर यो काम गर्न सक्ने अवस्था छैन। जनता र कार्यकर्ताहरुको आकांक्षा पूरा गर्नका लागि राजीनामा नै उपयुक्त ठानेको छु।’

कांग्रेसले सिन्धियालाई पार्टीबाट निष्कासन गरिएको जनाएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार पार्टीका महासचिव केसी भेणुगोपालले एक विज्ञप्ति जारी गर्दै सिंधियाले पार्टी विरोधी गतिविधि गरेका कारण  निष्कासन गरेकाे हाे।

सिंधियालाई पार्टीबाट निष्कासन गर्न अध्यक्ष सोनिया गान्धीले मन्जुरी दिइसकेका छन्।

स्मरणा रहाेस् सिंधियाकाे पिता माधवराज सिंधिया पनि कांग्रेसका महासचिव बनेका थिए। उनले विमान दुर्घटनामा ज्यान गुमाएका थिए।

प्रकाशित मिति: : 2020-03-11 06:43:48

प्रतिकृया दिनुहोस्