मौसमी रुघाखोकीभन्दा कोरोना भाइरस कम खतरनाक

सुरेन्द्र पौडेल 

दुई महिनाभन्दा बढी ‘लक डाउन’ गरिएको चीनको हुबेइ प्रान्तको राजधानी उहानमा मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङ पुगे। यसको सन्देश थियो-कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट चीन उम्कँदैछ।

मास्क लगाएर कोरोना भाइरसको ‘इपिसेन्टर’ उहान पुगेका सीले त्यहाँ उपचारमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्य कार्यकर्ता, सामुदायिक कार्यकर्ता, सैनिक अधिकृत, नागरिक समुदायका अगुवा, स्वयमसेवकसँग भलाकुसारी गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

सन् २०१९ डिसेम्बर अन्तिम साता पहिलोपटक कोरोना भाइरस उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका १ सय १२ देश तथा भूभागमा देखिएको छ। कोरोना भाइरसको संक्रमणले भयावह रुप लिनेबित्तिकै १ करोड १० लाखभन्दा बढी जनसंख्या रहेको उहानलाई ‘लक डाउन’ गरिएको थियो, जहाँबाट नेपाल सरकारले पनि १ सय ७५ जना नेपालीलाई उद्धार गरी ल्याएको थियो।

उहानलगायत ठाउँमा कोरोना भाइरस बिस्तारै नियन्त्रणमा आउन थालेपछि मंगलबार चिनियाँ राष्ट्रपति उहान पुगेका हुन्। कोरोना भाइरस संक्रमण चीनमा बढेपछि सी खासै बाहिर निस्केका थिएनन्। तर, मंगलबार उनी कोरोना भाइरसको इपिसेन्टर नै पुगे। सीको उहान भ्रमणलाई चीनले कोरोना भाइरस संक्रमणलाई किनारातर्फ धकेल्दै गरेको रूपमा लिइएको छ।

प्रकाशित मिति: : 2020-03-11 23:00:07

प्रतिकृया दिनुहोस्