घाइतेको आफन्तलाई भेटेर प्रधानमन्त्रीले भने : नआत्तिनुस्, सरकार तपाईंकै साथमा छ

सेतोपाटी

बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा निरीक्षण गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेका २ घाइतेलाई सँगै काठमाडौं ल्याएका छन्। प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट आफूसँगै  त्यहाँ पुगेको सेनाको हेलिकप्टरमा राखेर घाइतेहरूलाई काठमाडौं ल्याएका हुन्।

दुवैलाई अहिले वीर अस्पताल उपचारका लागि पठाइएको उनले बताए। दिउँसो हावाहुरी प्रभावित ठाउँको निरीक्षण गर्न गएका प्रधानमन्त्रीले बारा र पर्साका तीन अस्पतालमा भर्ना भएका घाइते र उनका आफन्तलाई भेटेका छन्।

प्रकाशित मिति: : 2019-04-01 18:56:54

प्रतिकृया दिनुहोस्