दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ पक्राउ

महोत्तरीमा दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

सिमथिला माध्यमिकी परिक्रमा जलेश्वर पुगेकी दुई किशोरीमाथि यही फागुन १५ गते सामूहिक बलात्कार भएको थियो। बलात्कारमा संलग्न ७ जनामध्ये चार जनालाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका ६ बस्ने २६ वर्षीय खुशनुर अन्सारी, २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय सन्तोष ठाकुर र २५ वर्षीय कुमार प्रभात रहेका छन्।

सुरुमा दुई जनालाई पक्राउ गरिएको र बाँकी दुई जनालाई उनीहरुकै बयानका आधारमा पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए। 

पक्राउ परेकासहित ७ जनाले परिक्रमा मेला हेर्न गएका १६/१७ वर्षीया दुई किशोरीलाई जवरजस्तीकरणी गरेको प्रहरीको भनाइ छ। घटनामा संलग्न अन्य ३ जनाको खोजी भइरहेको एसपी अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-12 02:02:59

प्रतिकृया दिनुहोस्