बजारमा ग्याँस पाइँदैन, वीरगञ्ज नाकाबाट तीन दिनमा १२८ बुलेट ग्याँस भित्रियो

देशसञ्चार

वीरगञ्ज

 कोरोना भाइरसको त्रासले बजारमा खाना पकाउने ग्यासको अभाव देखिए पनि पर्साको वीरगञ्ज नाका भएर पछिल्लो तीन दिनमा १ सय २८ बुलेट ग्याँस नेपाल भित्रिएको छ।

बजारमा ग्यासको अभाव देखिए पनि वीरगञ्ज नाकाबाट भने अन्य दिनमा जस्तै सहज रुपमा ग्यास बुलेट आइरहेका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी बिमत साहले जानकारी दिए।

वीरगञ्ज नाका भएर पछिल्लो तीन दिन मंगलबार, बुधबार र बिहीबार १ सय २८ बुलेट ग्याँस नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

वीरगञ्ज भन्सारका अनुसार १ सय २८ वटा बुलेटमा कुल २२ लाख ६३ हजार १ सय १० किलोग्राम खाना पकाउने ग्याँस भित्रिएको हाे।

साहका अनुसार वीरगञ्ज नाकाबाट दैनिक रुपमा ४२ देखि ४६ वटा ग्याँस बोकेका बुलेटहरु आउने गरेकोमा पछिल्लो तीन दिनमा पनि सोही अनुपातमा ग्याँस बुलेट नेपाल भित्रिएका हुन्।

वीरगञ्ज नाका भएर गत जनवरी १ देखि मार्च १२ सम्म कुल पाँच करोड ८५ लाख ६३ हजार ९ सय ३० किलोग्राम खाना पकाउने एलपी ग्याँस आयात भएको भन्सार कार्यालयको तथ्यांक छ।

प्रकाशित मिति: : 2020-03-15 05:54:21

प्रतिकृया दिनुहोस्