एकसाथ हटाइए उपत्यकाका सबै घुमुवा प्रहरी, सबै जना सशस्त्र प्रहरी गणमा

उपत्यकामा सादा पोसाकमा खटिँदै आएका सबै प्रहरी जिम्मेवारीबाट हटाइएका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपपछि महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा सादा पोसाकमा खटिँदै आएका ७४ जना प्रहरीलाई एकसाथ जिम्मेवारीबाट हटाएको हो । जिम्मेवारीबाट हटाइनेमा १० वर्षदेखि एकै स्थानमा घुमुवाका रूपमा कार्यरत प्रहरीसमेत छन् ।

यसरी हटाइनेमा १८ वटा महानगरीय प्रहरी वृत्त र प्रभागबाट गरी १७ जना अधिकृत र ५७ जवान छन् । सबै घुमुवा प्रहरीलाई एक साथ जिम्मेवारी परिवर्तन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले जानकारी दिए ।

घुमुवा प्रहरीलाई सादा पोसाकमा सूचना संकलनका लागि खटाइँदै आइएको थियो । उनीहरूमाथि ‘हप्ता असुली’सहितका अनैतिक गतिविधिमा संलग्न रहेको आरोपसमेत लाग्दै आएको थियो । डीआईजी पोखरेलले लामो समयदेखि एकै स्थानमा रहेर काम गर्दासमेत काममा प्रभावकारिता नदेखिएको भन्दै उनीहरूलाई एकसाथ परिवर्तन गरिएको बताए ।

प्रकाशित मिति: : 2020-03-15 21:59:49

प्रतिकृया दिनुहोस्