बलिउडमा सर्वाधिक कमाउने नायिका आलिया भट्ट

एजेन्सी

नयाँ दिल्ली

आलिया भट्ट पैसा कमाउने नयाँ–नयाँ जुक्तिका कारण भारतीय सिनेमामा चर्चामा रहने कलाकार हुन्। उनी यति बेला बलिउडमा सर्वाधिक कमाईं गर्ने नायिका बनेकी छिन्। 

उनी विभिन्न तरिकाले पैसा बनाउने गर्छिन। त्यसैले उनलाई प्रतिभाशाली कलाकारका साथै व्यापारको राम्रो जानकारी भएको कलाकारको रूपमा पनि हेर्ने गरिन्छ। 

फोर्ब्सले गत वर्ष सार्वजनिक गरेको एउटा रिपोर्टमा आलिया सय प्रभावशाली सेलिब्रिटीको सूचिमा आठौं स्थानमा समावेश थिइन। उनी भारतमा अहिले सबैभन्दा बढी आम्दानी गर्ने नायिका पनि हुन्। उनको गत वर्ष ५९.२१ करोड रुपैयाँ कमाईं थियो।
२०१९ मा उनको दुई वटा फिल्म रिलिज भएको थियो, जसमा ‘गली ब्वाय’ निकै चर्चामा रहयो। आलिया फिल्मको हिसाबले आफ्नो पारिश्रमिक तोक्ने गर्छिन। 

उनले फिल्मबाट कमाएको पैसा अन्य व्यापारमा पनि लगानी गर्ने गर्छिन। उनले फैशन टेक स्टार्टअपमा लगानी गरेकी छिन्। 
उनको आफ्नै युट्युब च्यानल छ। जसको १.३३ मिलियन सब्सक्राइब छन्। उनी हरेक भिडियोमा ३० देखि ५० लाखसम्मको भ्यूज हुने गरेको छ। यसैले आलिया युट्युब च्यानलबाट राम्रो कमार्इं गर्छिन। उनी यसमा फिटनेश र किचनको भिडियो शेयर गर्ने गर्छिन। उनी आफ्नो ब्रान्डको पनि प्रमोशन गर्ने गर्छिन। 

सोसल मिडिया इन्स्टाग्राममा उनी एउटा पोस्टका लागि १ करोड रुपैयाँ लिने गर्छिन। 

प्रकाशित मिति: : 2020-03-15 23:18:16

प्रतिकृया दिनुहोस्