हावाहुरी प्रभावित सबै बस्तीमा राहत सामग्रीको ओइरो : तर, वितरण प्रणाली अव्यवस्थित

नयाँ पत्रिका

विनाशकारी हावाहुरीका कारण बारा र पर्साका दुई हजार घरपरिवार प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । गृहको तथ्यांकअनुसार एक हजार घर भत्किएका छन् भने एक हजारमा आंशिक असर परेको छ ।  ‘बारामा एक हजार नौ सय घरमा हावाहुरीको असर परेको तथ्यांक छ । पर्सामा करिब ६० घरमा क्षति पुगेको छ,’ राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भने, ‘धेरै गरिब नै पीडित बनेका छन् । उनीहरूका कमजोर घर र टहरा उडाएको छ । धनीहरूका पक्की घर भएकाले असर कम छ ।’ 

प्रकाशित मिति: : 2019-04-03 08:32:02

प्रतिकृया दिनुहोस्