भारतमा निर्वाचन: के नरेन्द्र मोदीको जादु फेरि चल्छ?

फोटो: गेट्टी इमेज

सन् २०१४ मा भारतको संसदीय निर्वाचनको बेला थियो। एउटा चुनावी सभामा मुलायम सिंह यादवले भने: "मोदी उत्तर प्रदेशलाई गुजरात बनाउन सक्दैनन्।"

अर्को दिन अर्को चुनावी सभामा नरेन्द्र मोदीले यादवलाई जवाफ दिए: "नेताजी भन्छन् मोदीमा उत्तर प्रदेशलाई दोस्रो गुजरात बनाउने क्षमता छैन। तपाईँलाई थाहा छ दोस्रो गुजरात बनाउन कुन चीज सबैभन्दा महत्वपूर्ण छ? यसको लागि चाहिन्छ ५६ इञ्चको छाती।"

यो भनाइले मोदीलाई सन् २०१४ मा 'माचो म्यान'को रूपमा स्थापित गर्यो र यसले उनलाई हिन्दु पुरुषत्वमा विश्वास गर्नेहरूका बीच स्थापित गर्यो।

यो फरक कुरा हो कि उनको जीवनी लेखक निलञ्जन मुखोपाध्यायले जब अहमदाबादस्थित दर्जी बिपिन चौहानलाई मोदीको छातीको नाप सोधे, उनले जवाफ पाएनन्। चौहानले दिएको एकमात्र जानकारी मोदीको छातीको नाप ५६ इञ्च थिएन भन्ने थियो...

प्रकाशित मिति: : 2019-04-03 22:15:28

प्रतिकृया दिनुहोस्