मुम्बईमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या तीन पुग्यो

चीनको वुहान शहरबाट विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट भारतमा मृत्यु हुनेको संख्या ३ पुगेको छ।

महाराष्ट्रको राजधानी मुम्बई शहरमा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको हो। ६४ वर्षिय मृतक दुबईबाट फर्किएपछि मुम्बईको कस्तूरबा अस्पतालमा भर्ना गरिएको थियो। 

यसअघि दिल्ली र कर्नाटकमा दुई जना कोरोना बिरामीको पनि मृत्यु भइसकेको छ। भारतमा अहिलेसम्म कोरोना संक्रमित संख्या १३२ पुगेको छ।
 

प्रकाशित मिति: : 2020-03-18 00:53:00

प्रतिकृया दिनुहोस्