गोरखा संग्रहालय ४३ दिन बन्द

गोरखा संग्रहालय ४३ दिन बन्द हुने भएको छ । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न संग्रहालय बन्द गर्ने निर्णय गरिएको छ।

बिहीबारबाट वैशाख १८ गतेसम्म संग्रहालय बन्द गरिन लागिएको छ।

संग्रहालय प्रमुख नवराज अधिकारीका अनुसार पुरातत्व विभागले हामीलाई बन्द गराउन निर्देशन दिएको हो ।

‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले संस्कृति तथा पर्यटनसँग सबन्धित नाच घर, संग्रहालय बन्द गर्ने निर्णय गर्‍यो’ उनले भने, ‘त्यही निर्णयअनुसार पुरातत्व विभागले हामीलाई बन्द गराउन निर्देशन दिएको छ ।’

उनका अनुसार कार्यालय खुले पनि संग्रहालयको प्रदर्शनी कक्षहरु बन्द रहने छन् । 

प्रकाशित मिति: : 2020-03-19 08:56:49

प्रतिकृया दिनुहोस्