विपन्नलाई खेर जाने प्रसाद वितरण गर्दै फोरजी आर समूह(भिडियाे)

फोरजी आर समूह,वीरगञ्जका महिलाहरुले मन्दिरमा प्रसादको रुपमा खेर जाने खाद्यान्नलाई गरीब तथा विपन्नहरुमा वितरण गरेका छन्। 

मारवाडि समुदायमा मनाइने शितला माताको पुजाको अवसरमा समुहले नयाँ र समाज परिवर्तन गर्ने सोचका साथ सो कार्यको आरम्भ गरेको समूहकी अध्यक्ष नुतन सरावगीले बताइन्। 

मारवाडि समुदायले होली पर्व सकिए लगतै पहिलो हप्ताको शुक्रबार, सोमबार र बुधबार विशेष परिकार बनाएर शितलामाताको दर्शनका लागि मन्दिर पुग्ने गरेको उनले बताइन्। उनका अनुसार महिलाहरुले शितला माताको पुजामा गर्मीयाममा शितलता प्रदान गर्ने अन्नलाई प्रसादको रुपमा प्रयोग गर्ने गरेका छन्। 

‘भरीभराउ रहेको पुजाको थालमा चामलको खीर, गुलीयो सख्खरको भात, गुलियो पकौडि, , पुडि, बाजराको रोटि, दहि लगायतका परिकार शुद्धताका साथ महिलाहरु लिएर मन्दिर परिसरमा पुग्ने गर्छन्,’ अध्यक्ष सरावगिले भनिन्,‘ भगवानलाई भोग लगाएपछि खेर जाने प्रसादलाई एक जम्म गरेर बितरण गर्ने गरेका छौं।’

फोरजी आरकी सिमा खण्डेलवालले पौष्टिक खाद्यान्नको प्रयोग गरी शुद्ध घिउमा शुद्धताका साथ तयार गरेको प्रसाद खेर गएको देखेर उचित सदुपयोगका लागि अभियानमा चलाएको बताइन्। 

यता मन्दिरमा दर्शनका लागि पुगेका नेपाली कांग्रेसका नेता एवंम् पूर्वसांसद अनिल रुगंटाले सामाजिक कार्यमा निस्वार्थ रुपले लागेका महिलाहरुको कार्य सराहनीय रहेको बताए।

‘परम्परागत रुपमा मनाईदै आएको यस प्रकारका पर्वहरुमा चढाइने खानाहरु खेर जानुभन्दा कोहि गरीबको आहारको रुपमा प्रयोग भएको हुँदा यस्तो प्रयास  जारी राख्नुपर्छ,’उनले भने। 

यता सुनिता रुगंटाले प्रसादहरु खेर फालेर धर्मको काम नहुने बताइन्। आफुहरुले चढाएको प्रसाद भगवानलाई अर्पण हुने र साथै गरीबहरुले भोजनको रुपमा ग्रहण गर्दा एकदमै खुशी भएको उनले बताइन्। 

अभियानमा फोरजी आरका समूहलाई संयम सेवकको रुपमा दिलिपराज कार्की लगायतका टोलीले समेत सहयोग पुर्‍याएको थियो।

प्रकाशित मिति: : 2020-03-19 09:37:33

प्रतिकृया दिनुहोस्