प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन ५ सय धरौटीमा रिहा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गरेको अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवा रिहा भएका छन्। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सीडीओ जनकराज दाहालले तिरुवालाई रु ५०० धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्। 

तिरुवा ५०० धरौटीमा बुधबार रिहा भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बुढाथोकीजानकारी दिए। गत फाुगन १८ गते काठमाडौंको राष्ट्रियसभामा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा कार्यक्रमा प्रचण्डमाथि उनले जुत्ता प्रहार गरेका थिए। 

तर उनले प्रहार गरेको जुत्ताले प्रचण्डलाई लाग्न पाएन। उनलाई तत्कालै सुरक्षाकर्मीले पक्राउ गरेर हिरासतमा लिएको थियो। 
 

प्रकाशित मिति: : 2020-03-19 10:48:26

प्रतिकृया दिनुहोस्