दिल्लीमा कोरोना संक्रमित एक व्यक्तिले गरे आत्महत्या

भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरस अर्थात कोभिड–१९बाट संक्रमित ३५ वर्षिय एक व्यक्तिले आत्महत्या गरेका छन्।

ती बिरामीले दिल्लीको सफदरजंग अस्पतालको ७औँ तलाबाट आत्महत्या गरेका हुन्।

मृतक हालै अस्ट्रेलियाको सिड्नीबाट फर्किएको उनको परिवारले बताएको छ।

भारतमा कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या बढ्दो छ।

१५१ जना भारतमा कोरोनाका विरामी छन् भने तीन जनाले ज्यान गुमाइसकेका छन्।

साेमबार मात्रै महाराष्ट्रको राजधानी मुम्बई शहरमा कोरोना भाइरसबाट ६४ वर्षिय एक व्यक्तिकाे मृत्यु भएकाे थियाे। 

मृतक दुबईबाट फर्किएपछि मुम्बईको कस्तूरबा अस्पतालमा भर्ना गरिएको थियो। 

यसअघि दिल्ली र कर्नाटकमा दुई जना कोरोना बिरामीको पनि मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: : 2020-03-19 19:38:00

प्रतिकृया दिनुहोस्