वीरगञ्जका एक व्यक्तिलाई कोरोना संक्रमणको आशंकामा दिल्ली पठाइयो

वीरगञ्जका एक जनालाई कोरोना भइरसको अाशंका गरिएको छ। 

केही दिनअघि इटालीबाट फर्केका वीरगन्ज महानगरका एक युवकमा रुघा खोकी र लगातार ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंका गरिएकाे हाे। उनलाई थप उपचारको लागि दिल्ली पठाइएको नारायणी उपक्षेत्रीय अस्पताल स्रोतले बताएको छ।

एक कर्मचारीले भने, ‘उनीमा ज्वारो र रुघा खोकी देखिएको छ, त्यसपछि कोरोनको आशंकामा हामीले पनि उनीलाई थप परीक्षणका लागि भारत पठाएका हौं।’ 

यश बारेमा अस्पताल प्रशासनले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको उक्त कर्मचारीले बताए।
 

प्रकाशित मिति: : 2020-03-19 22:18:30

प्रतिकृया दिनुहोस्