लोकसेवा आयोगको सबै लिखित परीक्षा स्थगित

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले लोकसेवा आयोगको सबै लिखित परीक्षा स्थगित गरेको छ। चैत ८ गतेपछिका तोकिएको परीक्षा स्थगित गरिएको हो।

चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण अर्यालले जानकारी दिएका छन्।

लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको अर्यालले विज्ञप्तिमार्फत जनाएका छन्।

प्रकाशित मिति: : 2020-03-20 03:25:39

प्रतिकृया दिनुहोस्