मनकामना केबलकार चैत मसान्तसम्म बन्द

बिएल संवाददाता

काठमाडाै‌ं

मनकामना केबलकार चैत मसान्तसम्म बन्द भएको छ। शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द भएको हो।

 विश्वव्यापी रुपमा फैलिएको कोरोनाको भाइरस अर्थात कोभिड–१९ लाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डीएन कायस्थले जानकारी दिए।

उच्चस्तरीय समितिले भिडभाड नगर्न र भिडभाडयुक्त कार्यक्रम र जमघट बन्द गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले केबलकार पनि बन्द गर्न निर्देशन दिएको थियो।

गोरखाको मनकामना मन्दिर दर्शनका लागि दैनिक सयौं जनाले यो केबलकारको प्रयोग गर्ने गर्छन् भने मन्दिरमा पनि भिड लाग्ने गर्छ।

प्रकाशित मिति: : 2020-03-20 03:55:11

प्रतिकृया दिनुहोस्