वैदेशिक रोगजारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान (भिडियाे)

सरकारले वैदेशिक रोगजारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले वैदेशिक रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी आग्रह गरेका हुन्। उनले भने, ‘म सानो काम गर्दिन, टेबल वर्क मात्र गर्छु भनिदिनु भएन।’

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले श्रम स्वीकृति दिन स्थगित गरेको छ। यसका कारण रोजगारीका लागि विभिन्न मुलुकमा जाने तयारीमा रहेकाहरु रोकिएका छन्।
 

प्रकाशित मिति: : 2020-03-20 05:27:14

प्रतिकृया दिनुहोस्