भारतमा आइतबार जनता कर्फ्यू (पूर्णपाठ)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म जनता कर्फ्यू घोषणा गरेका छन्।

बिहीबार साँझ टेलिभिजनमाफर्त राष्ट्रकाे नाममा स‌ंबोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्न जनता कर्फ्यूलाई सफल पार्न आह्वान गरेका छन्। उनले जनता कर्फ्यूमा कोही पनि नागरिक घर बाहिर ननिस्कन आग्रह समेत गरेका छन्।

जनता कर्फ्यूको दिन साँझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेट ताली, थाल र घण्टी बजाएर अत्यावश्यक सेवामा खटिएकाहरुको हौसला बढाउन उनले आग्रह गरे।

उनले भारतीय नागरिकलाई केही हप्ता आफूलाई दिएर आफ्नो सुझाव मान्‍न आग्रह गरेका छन्। 

उनले भने, 'म १३० करोड भारतीय जनतालाई केही हप्ता माग्‍न चाहन्छु। यस अवधिमा दुईवटा काम गर्नु आवश्यक छ। जसमा संकल्प र संयम अपनाउनुपर्दछ।'

मोदीको भाषणको पूर्णपाठ

 नमस्कार। 

अहिलेको संकटले विश्वभरका मानवजातीलाई नै संकटमा  छ। यति प्रभावित युद्धबाट पनि भएका थिएनन्। दुई महिनादेखि हामी निरन्तर विश्वभरबाट आएका कोरोनासम्बन्धी चिन्ताजनक समाचार सुनिरहेका छौं। भारतका १३० करोड नागरिकले कोरोनाजस्तो महामारीको सामना गरिरहेका छन्। 

विगत केहीदिनदेखि यस्तो माहोल बनिरहेको छ कि हामी संकटबाट बचेका छौं। सबै भारतीयले आवश्यक सावधानीका प्रयासहरु गरेका छन्।  हामीलाई सबै ठिक चलिरहेको महसुस भएको छ। तर, कोरोना लाग्दैन भन्‍ने चिन्तारहित हुनु सही होइन। त्यसकारण हरेक भारतीय सजग र सतर्क हुन जरुरी छ। 

मैले अहिलेसम्म जे मागेको छु, त्यसमा देशवासीले निराश गरेका छैनन्। हामी सबै मिलेर हरेक संकटको सामना गरेका छौं। आज म देशवासीलाई आगामी केही हप्ता माग्न आएका छु। अहिलेको स्थितिमा चिन्ता बढ्नु स्वभाविक हो। जुन देशमा कोरोना भाइरसको प्रभाव र प्रकोप बढि देखिएको छ। यी देशमा अचानक संक्रमणको एक्कासी विस्फोट भएको थियो। ती देशमा कोरोना संक्रमितको संख्या एकाएक उच्च पुगेको छ। भारत सरकारले यस स्थितिलाई मध्यनजर गरेकाे छ। 

तर, केही यस्ता देश यस्ता पनि छन् जसले आवश्यक निर्णय पनि गरे र आफ्ना नागरिकलाई आइसुलेट गरेर स्थितिलाई नियन्त्रणमा लिएका छन्,जसमा नागरिकको भूमिका महत्‍वपू्र्ण रहेको छ। 

भारतजस्तो १३० करोड नागरिक भएको र विकाशील देशलाई कोरोनाको सामना गर्नु सामान्य विषय होइन। हामी विकसित देशमा यसको व्यापक प्रभाव देखिरहेको छौं। भारतमा यसको प्रभाव पर्दैन भन्‍नु गलत हो। यसको सामना गर्नका लागि दुई मुख्य कुरा आवश्यक छन्। जुन हाे संकल्प र संयम। 

१३० करोड जनताले एक नागरिकका हैसियतामा आफ्नो कतर्व्यको पालना गर्ने, केन्द्र र प्रदेश सरकारको सुझावलाई पूरा रुपमा पालना गर्ने, हामी आफैं संक्रमित हुनबाट बच्ने र अरुलाई पनि संक्रमित हुनबाट बचाउने संकल्प लिनुपर्छ। यसमा एउटा मन्त्रले काम गर्छ - ‘हम स्वस्थ और जगत स्वस्थ।’ कुनै औषधी बनी नसकेको यस भाइरसबाट बच्न हामी स्वस्थ रहनुपर्छ। 

अर्को छ संयम- यो भनेको कोरोना वैश्विक महामारीबाट बच्न भिडभाडमा नजान र सोसल डिस्टेन्सिङ आवश्यक छ। 

आफू ठीक छु। केही नहुने भन्ने सोचेर यतिकै बजारमा गुमिरहन्छु भन्‍ने सोच सही हाेइन्। यसो गर्नु भनेको आफूसँग र आफ्ना प्रियजनसँग अन्याय गरिरहनु हाे। जतिसकेसम्म आफ्नो काम घरबाटै गर्नूस्। सरकारी सेवामा हुन्, अस्पतालसँग जोडिएका, मिडियाकर्मीको भूमिका थप सक्रिय हुन आवश्यक छ। तर, अन्य समाजका नागरिकले आफूलाई आइसोलेट गर्नुपर्छ। 

अर्को छ कि ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरबाट बाहिर ननिस्किन म आग्रह गर्दछु। वर्तमान पिढी पुराना कुराबाट परिचित नहुन सक्छ। म भन्न चाहन्छु - ‘ जब म सानो थिए, युद्धको स्थिति हुन्थ्यो। मानिसहरु रातभर चौकीदारी गर्थे। सिसाका घरमा कागज लगाएर बन्द गर्दथ्यो। कुनै पनि युद्ध नहुँदा पनि महानगरले वर्षमा एक(दुई चोटी ब्ल्याकआउट गरिन्थ्यो।’

म अर्को आग्रह गर्न चाहन्छु कि अब जनता कर्फ्यू लागु गरिनेछ। २२ मार्चदेखि बिहान सात बजेदेखि बेलुका ९ बजेसम्म जनता कुर्फ्यू पालना गर्नुपर्छ। यस अवधिमा कुनै पनि जनता घरबाट बाहिर ननिस्किनु। 

जो आवश्यक सेवासँग जोडिएका हुन्छन्। उनीहरुले त जानैपर्छ। तर, एक नागरिकका रुपमा घरबाट बाहिर ननिस्किन आग्रह गर्दछु। २२ मार्चमा राज्य सरकारलाई पनि आग्रह गर्दछु कि उनीहरुले पनि जनता कर्फ्यूको लागु गर्न सहयोग गरोस्। हाम्रो देशमा रहेका विभिन्‍न संगठनहरुले आइतबारसम्म जनता कर्फ्यूको सन्देश जनतासम्म पुर्‍याउन आग्रह गर्दछु।

हरेक एक सचेत नागरिकले १० जनालाई फोन गरेर जनता कर्फ्यूका बारेमा सम्झाओस्। यो कोरोना जस्ताे महामारीको लडाईका लागि भारत कति तयार छ भन्‍ने जान्‍ने अवसर पनि हो। २२ मार्चमा तपाईंहरुबाट एक अर्को सहयोग चाहन्छु। पछिल्लो २ महिनामा लाखौं मानिसहरु विमानस्थल, सडक, गलीजस्ता ठाउँहरुमा काममा जुटिरहेका छन्। प्रहरी, स्वास्थ्यकर्मी, मजदुर, मिडियाकर्मीलगायत सम्पूर्ण मानिसहरु आफ्नो प्रवाह नगरी जनताको सेवामा जुटिरहेका छन्। यो सेवा असामान्य हो। उनीहरुलाई संक्रमणको पूर्ण जोखिम हुँदाहुँदै पनि हरेकले सेवा गर्न जुटिरहेका छन्।

उनीहरुले कोरोना महामारी र हाम्रो बीचमा एक शक्ति बनेर उभिएका छन्। मुलुक यस्ता विभिन्‍न तहतप्कामा रहेका मानिसहरुप्रति कृतज्ञ छु। हामी यी सबैलाई धन्यवाद व्यक्त गर्दछौं। यी व्यक्तिलाई धन्यवाद दिनका लागि आइतबार हामी हाम्रो घरको बार्दलीमा उभिएर बेलुका ५ बजे ५ मिनेटसम्म आभार व्यक्त गर्नेछैं। आभार व्यक्त गर्ने तरिका ताली बजाएर, थाली बजाएर, घण्टी बजाएर उहाँहरुलाई सेल्युट गरौं। सेवा: परमो धर्म मान्‍ने हामीले पूर्ण श्रद्धाका साथ यस्ता व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्नुपर्दछ। 

संकटका यस घडीमा हाम्रो सेवा दिने संस्था, अस्पतालमा दबाब बढ्न नदिन हामी सक्रिय हुन आवश्यक छ। मेरो सबै देशवासीसँग आग्रह गर्दछु कि रुटिन चेकअपका लागि हाम्रो बानी छ यसबाट बच्‍नुपर्दछ। जानैपर्ने भए, आफ्नो टोलमा भएको, चिनेजानेको र आफन्त चिकित्सकहरुसँग फोन गरेर सल्लाह लिन सकिन्छ। 

यस वैश्व महामारीको अर्थव्यवस्थामा पनि व्यापक मार पर्दैछ। सरकारले यसका लागि भारतको वित्तमन्त्रीको नेतृत्वमा कोभिड-१९  ‘इकोनमिक टास्कफोर्स’ गठन गरेको छ। यस कार्यदलले वित्त विज्ञहरुसँग सल्लाह गरेर आवश्यक निर्णय लिनेछ। यस कार्यदलले आर्थिक स्थितिलाई कम गर्न निर्णय लिन सक्नेछ। 

यस संकटबाट आफू बचौं, देश बचाऔं र जगत जोगाऔं। म फेरि आग्रह गर्दछु, जनता कर्फ्यू लागु गरौं।

 

प्रकाशित मिति: : 2020-03-20 09:40:10

प्रतिकृया दिनुहोस्