अमेरिकामा कोभेड-१९ बाट १९३ को मृत्यु, १३,१३३ संक्रमित

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकामा कोरोना भाइरस सक्रमणबाट मृत्यु हुनेको संख्या १९३ पुगेको छ। मृत्यु हुनेमा ७४  जना वासिङ्टन राज्यका छन् भने न्युयोर्कमा ३२ र क्यालिफोर्नियामा १९ जनाको निधन भएको छ। यसैगरी जर्जियामा १०, न्युजर्सीमा ९, लुजियानामा ८, फ्लोरिडामा ७, ओरेगनमा ३, टेक्सास, मिसिगन, कोलोराडो, कनेक्टिकट, भर्जिनिया र साउथ  क्यारोलाइना २-२, कान्सास, इलिनोय, मेरिल्याण्ड, पेन्सेल्भेनिया, नेभादा, साउथ डकोटा, केन्टकीमा एक-एकजना रहेका छन्।  

यसैगरी अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेर १३,३०० पुगेको छ। संक्रमितहरू राजधानी वासिङ्टन डीसीसहित ५० राज्यमा भेटिएका छन्। अमेरिका शासित पुर्टोरिको र भर्जिन आइल्याण्डमा पनि संक्रमित पाइएका छन्। 

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको ग्राफ उकालो लागेको छ। यो समाचार तयार पारिरहेको बेला सेन्ट्रल टाइमअनुसार बिहीबार अपरान्ह ८:०० बजेसम्म अमेरिकामा १९३ को मृत्यु भएको छ भने १३,३०० संक्रमित भेटिएका छन्। 

पछिल्लो विवरणअनुसार न्युयोर्कमा ५२९८,वासिङ्टनमा १३७६, क्यालिफोर्नियामा ८९४, न्युजर्सीमा ७४२, फ्लोरिडामा ४२६, इलिनोयमा ४२२, लुजियानामा ३८०, मिचिगनमा ३३४, मासाचुसेट्समा ३२८, जर्जियामा २८७, पेन्सेल्नेभेनियामा १८५, कोलोराडोमा १८६, टेक्सासमा १६६, र पेन्सेल्नेभेनियामा १८५, मिचिगनमा ११०, टेक्सासमा १०८, मेरिल्याण्डमा १०७ र विस्कन्सिनमा १०६  संक्रमित पाइएका छन् । अन्य राज्यमा एकसय भन्दा कम संक्रमित भेटिएका छन्।  

न्युयोर्क राज्य पछिल्लो समय सबैभन्दा बढी कोरोना कहरमा परेको छ। त्यसमा नेपालीको बाक्लो बसोबास रहेको न्युयोर्क सिटीमा संक्रमण तिब्रगतिमा बढ्दो छ। न्युयोर्क सिटीमा मात्र २४६९ संक्रमित छन्। पछिल्लो २४ घण्टामा मात्र कहिलै ननिदाउँने यस महानगरीले ११३० नयाँ कोरोना भाइरस संक्रमित पाएको छ।  

अहिले अमेरिका राष्ट्रिय संकटकाल लगाएर कोरोनाको कहरसँग जुधिरहेको छ। तर, चिकित्सकहरू नै भन्दैछन्, ट्रम्प प्रशासनले कोरोना भाइरसलाई दुई महिना बेवास्ता गरेकाले त्यसको भयावह परिणाम ब्यहोर्नुपरेको हो। 

प्रकाशित मिति: : 2020-03-20 14:14:50

प्रतिकृया दिनुहोस्