काेराेना कहर : जाेखिम माेलेर काम गर्दै सफाइ मजदुर र अस्पतालका कर्मचारी (भिडियाे)

मनीषा अवस्थी

काठमाडाै‌ं

विश्वका १ सय २६ भन्दा बढी देशहरुमा कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण फैलिएसँगै अत्यावश्यक सेवासँग सम्बन्धित कर्मचारी तथा मजदुरहरु उच्च जोखिममा रहेका छन्।

आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा तीनले दिएको अधिकार अनुसार १९ वटा सेवालाई सरकारले अत्यावश्यक सेवा भनेको छ। यसअनुसार अहिले सञ्चालनमा रहनैपर्नेमध्ये फोहोर र अस्पतालमा काम गर्ने कर्मचारीहरु उच्च जोखिममा रहेका छन्। 

विश्व स्वास्थ्य संगठनले नै यी दुई सेवामा कार्यरत कर्मचारीहरु उच्च जोखिममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिरहेका छन्।  तर, नेपालका फोहोर व्यवस्थापनका क्षेत्रमा काम गर्ने मजदुरहरुले कुनै पनि सुरक्षाका उपाय अपनाएका छैनन्। 

फोहोरमैला व्यवस्थापन संघ,नेपाल (स्वमान)का महासचिव मीत्रप्रसाद घिमिरेकाअनुसार हाल काठमाडौं उपत्यकामा मात्रै करिव ३ हजार जना मजदुर फोहोरमैलाको क्षेत्रमा काम गरिरहेका छन्। काठमाडौं महानगरपालिकाकामा मात्रै हेर्ने हो भने करिब ९ सय जनाले फोहोरमैलाका क्षेत्रमा काम गरिरहेका छन्। यसैगरी ललितपूर महानगरपालिकामा २ सय भन्दा बढी मजदुर कार्यरत छन्।  

सम्भावित जोखमबाट बच्न गाउँ फर्किनेको संख्या बढ्दै

कोरोनाको जोखिम बढेसँगै काठमाडौं उपत्यका छाडेर गाउँ फर्किनेको संख्या बढेको छ। विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने निर्णय काठमाडौंको गोंगबुमा रहेको नयाँ बसपार्क लगायत अन्य टिकट काउन्टरहरुमा शुक्रबार घर फर्कन टिकट लिनेहरुको भीड लागेको छ।  बसपार्क र काउन्टरहरुमा दशैंतिहारमा जस्तै टिकट काट्नेहरुको भिड छ। 

शैक्षिक सत्रको अन्तिम महिनामा हताहतार वार्षिक परीक्षा लिइएको थियो भने माध्यमिक स्तरको परीक्षा एसईई परीक्षा अन्तिम समयमा स्थगित गरिएको थियो। लोकसेवा आयोग तथा विश्वविद्यालयहरुले लिने सम्पूर्ण परीक्षाहरु समेत स्थगित भएका छन्। विद्यालय बन्द र परीक्षाहरु समेत स्थगित भएपछि सर्वसाधारणहरु धमाधम उपत्यका छाड्न थालेका हुन्। 

गत बुधबार सरकारले उच्च सतर्कता अपनाउन भन्दै शिक्षण संस्था बन्द गरेपछि पछिल्ला दुई दिनमा काठमाडों छोड्नेको संख्या ह्वात्तै बढेको हो। ट्राफिक प्रहरी महाशाखाकाअनुसार बिहिबार १ लाख ८ हजार ४ सय ५८ जनाले काठमाडौं छाडेका छन् भने शुक्रबार मध्यानहसम्मामा ६८ हजार मानिसले काठमाडौं छाडेका छन्।  महाशाखाको तयांकअनुसार समान्य समयमा दैनिक ७० देखि ८० हजारकोहाहाराहारीमा यात्रुहरु उपत्यका आवतवात गर्ने गरेका थिए। 

बसपार्कमा टिकट लिने सर्वसाधारणहरुको संख्या बढेसँगै कतिले टिकट नै नपाएको गुनासो गरेका छन्। वैशाख ३ गतेसम्म रुट इजाजत खुला गरेपनि अहिले रिजर्भमा जाने बसहरुले महंगो भाडा लिइरहेको गुनासो सर्वसाधारणले गर्न थालेका छन्। यात्रुहरुबाट बढी रकम असुल गरिएपनि सम्बन्धित निकायबाट अनुगमन नै नभएको गुनासो यात्रुहरुले बताएका छन्।

प्रकाशित मिति: : 2020-03-23 22:03:00

प्रतिकृया दिनुहोस्