न्यूयोर्कबाट खाली काठमाडौं उडेको कतार एयरको त्यो अन्तिम फ्लाईट {भिडियाे}

संजोग आचार्य

न्यूयोर्क

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई नियन्त्रण गर्न सरकारले गएको शुक्रबार राति १२ बजेबाट खाडीलगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा एक्कासी प्रतिबन्ध लगाएपछि दुई दिन अगाडि न्यूयोर्कबाट उड्ने कतार एयरवेजको फ्लाइटले निकै अन्यौलता सृजना गर्यो।
 
कतार एयवेजको क्यूआर ७०४ विमान न्यूयोर्कको जोन एफ केनेडी एयरपोर्टबाट उड्ने निश्चित भएपनि काठमाडौंको लागि उड्न नसक्ने खबर बिहान एयरपोर्ट पुगेका केही यात्रुलाई दिइयो। तर, एक घण्टापछि फेरी विमानका कर्मचारीले काठमाडौं उडान गर्नको लागि बोर्डिङ पास लिन भनेपछि अन्यौलताबीच यात्रुमा निकै खुसीयाली छाएको थियो।
 
धेरै जसो नेपाली यात्रु रहेको कतार एयरको विमान शुक्रबार साझ ७ बजे नै काठमाडौ पुग्ने निश्चित भएपछि उडान गर्ने निर्णयमा पुगेको हुनसक्ने एक कर्मचारीले बताए। 

बिहान एयरपोर्ट आएका यात्रुलाई काठमाडौं उडान हुन नसक्ने जानकारी दिएर कसैलाई घर फर्काएको छ भने त्यसलाई कतार एयरवेजले क्षतिपूर्ति दिनुपर्ने एक यात्रुले बताए  ।

प्रकाशित मिति: : 2020-03-23 07:49:22

प्रतिकृया दिनुहोस्