कांग्रेसले बाढ्याे मास्क र पर्चा

नेपाली कांग्रेसले विराटनगर महानगरपालिका वडा १२ का विभिन्न टोलमा तीन हजार ९ सय थान सर्जिकल मास्क वितरण गरेकाे छ।

कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वडाका १३ वटा टोलमा मास्क वितरण गरेका हुन्। कोइरालाले केही टोलहरूमा भने स्थानीयलाई आफैं गएर मास्क वितरण गरेका थिए भने केही स्थानमा उनले प्रतिनिधि खटाएका थिए।

कोरोना संक्रमण खतराको बेला धेरै समूह भेला हुन नहुने भएकाले प्रतिनिधिमार्फत घर–घर पुगेर मास्क वितरण गर्ने प्रबन्ध गरिएको कोइरालाले जनाए।  ‘जनचेतनाका लागि मात्र मास्क र कोरोनाबाट बच्न सकिने उपाय छापिएको पर्चा लिएर टोल पुगेको हुँ,’ उनले भने, ‘यस्तो संकटको बेला सबै आ–आफ्नो घरमा बस्नुहोस्।’ 

वडाका उत्तरबखरी, दक्षिण बखरी, पाञ्चाली, रोडशेष चोक, मझुवा, दरेहैया, दरेहैया आदर्श टोल, गढा टोल, कोसी प्रोजेक्ट, सिकियाही, मलहनुवा, कृष्ण मार्ग र सगरमाथा टोलमा मास्कसँगै दुई–दुई थान साबुन पनि वितरण गरिएको कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र गोल्छाले जानकारी दिएका छन्। 

प्रकाशित मिति: : 2020-03-23 20:43:20

प्रतिकृया दिनुहोस्