रोकिएन संसदीय समिति, प्रस्तावित राजदूत पाण्डेको सुनुवाई हुँदै

प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनुवाई समितिको बैठक सोमबार पनि बस्ने भएको छ।

आज बिहान ११ः३० बजे बस्ने पहिलो बैठकले चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाईका लागि प्रारम्भिक छलफल गर्ने कार्यसूची तय भएको छ।

यसपछि ११: ४५ बजे बस्ने दोस्रो बैठकमा पाण्डेलाई बोलाउने मिति र समयबारे छलफल हुने संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले जानकारी दिए।

पाण्डे विरुद्ध अहिलेसम्म कुनै उजुरी परेको छैन । पाण्डे विरुद्ध उजुरी दिन १० दिनको समय दिइएको थियो।

१८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गर्दै पाण्डेको नाम सिफरिस गरेको थियो।

प्रकाशित मिति: : 2020-03-23 23:08:13

प्रतिकृया दिनुहोस्