कोरोना संकटका बेला सरकारले उद्यमीको ऋण तिर्ने भाका बढाइदिनुपर्छ

नेपालन्यूज

काठमाडौं

सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री

कोरोना भाइरस (कोभिड–१९)ले अहिले विश्वव्यापी रुपमा महामारीको रुप लिएको छ। नेपालमा अहिलेसम्म कोरोना भाइरस नदेखिए पनि विशेष सर्तकता अपनाउनुपर्ने हुन्छ। नेपाल सरकारले कोरोना भाइरस नफैलियोस् भनेर विशेष सतर्कता अपनाइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै आमजनतालाई सचेत हुन आग्रह गर्नुभएको छ।

सरकारले अपनाएका विशेष सावधानीलाई आमनागरिकले साथ दिएका छन्। सरकारले कोरोना भाइरसबाट बच्न बारम्बार हातधुने, अनावश्यक भेटघाट नगर्ने, अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक, सरसफाइ लगायतमा ध्यान दिन आग्रह गरेको छ। यस्ता क्रियाकलापमा आमनागरिकले पनि ध्यान दिनुपर्छ।

प्रकाशित मिति: : 2020-03-24 00:47:16

प्रतिकृया दिनुहोस्