सरकारले कर्मचारीहरूलाई घरमै तयारी हालतमा बस्ने गरी छुट्टी दिने

सरकारले कर्मचारीहरूलाई घरमा स्टयान्डबाई बस्ने गरी विदा दिने भएको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिले भोलिदेखि अत्यावश्यकबाहेकका सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारी घरमै बस्ने निर्णय गर्न लागेको स्रोतले जानकारी दियो।

‘कोरोना भाइरसको रोकथामका लागि बनेका विभिन्न समितिमा रहेका कर्मचारीमात्र कार्यालय गए पुग्छ,’स्रोतले भन्यो,‘सिंहदरबारमा पनि उच्च तहका कर्मचारी आउनुहुन्छ। अरू घरमै स्टान्डबाई बस्नुहुन्छ।,’

समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।

प्रकाशित मिति: : 2020-03-24 06:49:23

प्रतिकृया दिनुहोस्