इतिहासमै पहिलोपटक रोकियो घोडेजात्रा

चीनबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी महामारी सिर्जना गरिरहेका बेला नेपाली सेनाले इतिहासमै पहिलोपटक घोडेजात्रा स्थगित गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले मंगलबार एक विज्ञप्ति निकाल्दै कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्षको घोडेजात्रा समारोह स्थगित गरिएको जानकारी दिएको हो।

'नेपाली सेनाद्वारा प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरू सहित मनाउने गरिएको राष्ट्रिय पर्व 'घोडेजात्रा समारोह' हाल विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्यनजर गरी यस वर्षको सो समारोह स्थगित गरिएको छ,' नेपाली सेनाद्वारा मंगलवार जारी विज्ञप्तिमा भनिएको छ ।

यसरी घोडेजात्राको कार्यक्रम स्थगित भएको इतिहासमै पहिलोपटक भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-25 00:54:40

प्रतिकृया दिनुहोस्