कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएकाे युवककाे मृत्यु

भरतपुर अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । कोरोना विषेश अस्पतालमा उचाररत उक्त युवकको मंगलबार बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको हो।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० वर्षका युवकको मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी दिए। उनको शव अस्पतालमै राखिएको छ।

उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो।

उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भए/नभएको रिपोर्ट आउन बाँकी छ।

उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार बिहान विमानबाट काठमाडाैं पठाइएको अस्पताल स्रोतले जनाएको छ। यसैबीच स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृत्यु हुने युवको रोग पत्ता लागिनसकेको  भन्दै मृत्युको कारण के हो भनेर खुल्न बाँकी रहेको बताए।

यसबारे अहिले दिउसाे १ बजे पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने स्राेतले बताएकाे छ।

प्रकाशित मिति: : 2020-03-25 01:13:42

प्रतिकृया दिनुहोस्