कोरोना रोकथाम कोषमा भाटभटेनीको एक करोड सहयोग

भाटभटेनी सुपरमार्केटले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’ मा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले देशलाई शंकट परेको समयमा सहयोग गर्न लागेको जानकारी दिए।

यसैबिच देशैभरि सञ्चालनमा रहेका भाटभटेनीका शाखाहरूबाट खाद्यान्न बिक्री भइरहेकोसमेत स्पष्ट पारेको छ। साथै अनावश्यक सामान लान नदिन कोटा तोकिएको भाटभटेनीले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-25 02:24:21

प्रतिकृया दिनुहोस्