आज राति १२ बजेदेखि २१ दिनसम्म भारत पूर्ण लकडाउन

बिएल संवाददाता

नयाँदिल्ली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनसम्म मुलुक लकडाउन गर्ने घोषणा गरेका छन्।

मंगलबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न ३ साता लामो लकडाउन गर्ने घोषणा गरेका हुन्।

मोदीले भारत कोरोनाको उच्च जोखिममा रहेको भन्दै जनता कर्फ्यूभन्दा कडा लकडाउन रहेकाले यसको पालना गर्न सम्पूर्ण देशवासीलाई अपिल गरे। प्रत्याेक नागरिकको जीवन बचाउन भारत सरकारको जिम्मेवारी भएकाले यो कदम चलेको उनले बताए। यस ४ दिनको अवधिमा विश्वभर १ लाख नयाँ संक्रमित फेला परेको हुँदा यसप्रति नागरिकलाई सचेत हुन माेदीले आग्रह गरे।

‘जो जहाँ छ त्यही बसौं, यो कोरोनको साइकलिङ्गलाई तोडौं,’ उनले भने,‘घर बाहिर निस्कने तपाईंको एक कदम कोरोनालाई भित्र्याउनु हो।’ मोदिले कुनै किसिमको गलत प्रचारवाजीबाट बच्न आग्रह गर्दै चिकित्सकको सल्लाह बिना कुनै औषधि उपचार नगराउन समेत अनुरोध गरे। अबको २१ दिनमा देशमा कोरोना नियन्त्रण नभए आउदो समयमा पुरै देश बर्बाद हुने उनले जानकारी गराए।

भारतमा कोरोनाबाट ५१९ संक्रमित भएको र १० जनाको मृत्यु भएको छ। त्यसैगरी उपचारपछि ३९ संक्रमितलाई घर पठाइएको भारतीय स्वास्थ्य मन्त्रीले बताएका छन्। 
 

 

प्रकाशित मिति: : 2020-03-25 09:29:01

प्रतिकृया दिनुहोस्