मजदुरलाई जनही पाँच हजार दिने मुख्यमन्त्री केजरीवालकाे घाेषणा

नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मजदुरहरूलाई पाँच हजार दिने घोषणा गरेका छन्। कोरोना भाइरसका कारण मजदूरहरूको दैनिकीमा असर परेको भन्दै पाँच हजार रुपैयाँ दिने उनले घोषणा गरेका हुन्।

मुख्यमन्त्री केजरीवालले मंगलबार कन्स्ट्रक्सन वोर्कर्स वेलफेयर बोर्ड फन्ड अन्तर्गत हरेक निर्माणसम्बन्धी काम गर्ने मजदूरहरूलाई पाँच हजार रुपैयाँ दिने जानकारी दिएका छन्।

साथै, उनले रातमा बसोबास गर्नका लागि बासस्थान समेत बढाएको र घर नभएकारूलाई खाना बाँडेको बताएका छन्।

द हिन्दुका अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगिसकेको छ भने ५३२ जना संक्रमित बिरामीहरू रहेका छन्।

 दिल्लीमा गएको ४० घण्टामा कुनै पनि नयाँ संक्रमित नभेटिएको छैन।

प्रकाशित मिति: : 2020-03-26 02:33:04

प्रतिकृया दिनुहोस्