काेराेन संक्रमित तेस्राे नेपाली खाडीबाट आएका हुन्: जनस्वास्थ्य प्रयोगशाला

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा अर्का एकजना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइको वेवसाइटमा अर्को कोरोना संक्रमित भेटिएको उल्लेख छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार खाडीबाट आएका ती युवकको स्बाव परीक्षण गर्दा मंगलबार राति १२ बजे कोरोनाको संक्रमण पुष्टि भएको हो।

तर उनी कुन एयरको जहाजमा कहिले नेपाल आए भन्ने खुल्न बाँकी छ। ती युवा अहिले टेकु अस्पतालको आइसोलेनसमा उपचाररत रहेको सूचना अधिकारी  गुप्ताले जानकारी दिए।

यसअघि माघ ८ मा नेपालमा पहिलो पटक चीनबाट फर्किएका एक नेपालीमा कोरोना भएको पुष्टि भएको थियो। तर उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्। यता अर्का एक जना १९ वर्षीया किशोरी शुक्रराज सरुवा रोग टेकुमा उपचाररत छिन्। 

योसँगै आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या दुई भएको छ। केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको लागि ६८७ जनाको नमुना परीक्षण गरे पनि अहिलेसम्म ६८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ।
 

प्रकाशित मिति: : 2020-03-26 02:43:15

प्रतिकृया दिनुहोस्