भारतबाट फर्किएका एक जनाको पोखरामा मृत्यु

 कास्कीको रुपा गाउँपालिकामा भारतबाट फर्किएका एक जनाको पोखरामा मृत्यु भएको छ।

रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए।

१२ दिनअघि भारतको हैदराबादबाट फर्किएका नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो। उनी बुधबार बिहान खाना खाएर सुतेका थिए। अबेरसम्म पनि नउठेपछि नेपालीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो।

उनका कोरोनाको कुनै संक्रमणको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको अधिकृत विष्णुप्रसाद पोखरेलले बताए।

रिपोर्ट आएपछि बाँकी कुरा पत्ता लाग्ने उनले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-26 07:34:10

प्रतिकृया दिनुहोस्